चितवन २ मा रवि लामिछाने २५ सय बढी मतले अगाडी

काठमाडौं। चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले २५ सयभन्दा बढी मतले आफ्नो अग्रता कायम राखेका छन्।

सुरूआती मतगणनामा तेस्रो स्थानमा रहेका लामिछानेले मंगलबार दिउँसोबाट अग्रता लिन सुरू गरेका हुन्। त्यसपछि उनी पछि परेका छैनन्।

यहाँ अहिलेसम्म १८ हजार ४ सय ५४ मत गनिएको छ। त्यसमध्ये लामिछानेले ७५२१ मत ल्याएका छन्। उनको तुलनामा नेकपा एमालेका कृष्णभक्त पोखरेल २५२२ मतले पछाडि छन्। पोखरेलले ४९९९ मत ल्याएका छन्।

नेपाली कांग्रेसका उमेश श्रेष्ठ ४६९४ मत ल्याएर तेस्रो स्थानमा छन्।