विश्वप्रकाश शर्मा ९ हजार बढी मतले अगाडि,जीत निश्चित

फाइल तस्वीर

काठमाडौं। झापा-१ प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिस्पर्धीसँगको मतान्तर फराकिलो बनाएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार उसनले २३ हजार ३८५ मत पाएका छन्।

उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका अग्निप्रसाद खरेल हुन्। यसअघिको निर्वाचनमा खरेलले नै शर्मालाई पराजीत गरेका थिए।

खरेलले अहिलेसम्म १४ हजार ४५ मत पाएका छन्। अहिले उनीहरूबीच ९ हजार ३४० मतको अन्तर छ।