दार्चुलाबाट कांग्रेसका दिलेन्द्र बडू निर्वाचित

काठमाडौं । दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् ।

बडूले २८ हजार ५१५ मत ल्याउँदै एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन् ।

उनका प्रतिद्धन्द्धी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् । ठगुन्ना २०७० र २०७४ सालमा दार्चुलाबाट निर्वाचित भएका थिए ।