ललितपुर ३ मा तोसिमा कार्कीको फराकिलो अग्रता कायमै

काठमाडौं।ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीले अग्रता फराकिलो बनाउँदै लगेकी छन् ।

उनले २२ हजार १२३ मत प्राप्त गर्दा एमालेका अमृत खड्काले १० हजार २२२ मत पाएका छन् ।

यस्तै माओवादी केन्द्रकी पन्फा भुसालले ७ हजार १३४ मत पाएकी छन् ।