कैलाली ४ मा कांग्रेसका वीरबहादुर बलायर २६ हजार बढ विजयी

काठमाडौं। कैलाली ४ मा कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन्।

उनले २६ हजार १७१ मतसहित जितेका हुन्। यस्तै एमालेका लेखराज भट्टले २२ हजार ५८७ मत प्राप्त गरेका छन्।

भट्टले बलायरसँग ३ हजार ५ सय ८४ मतले हारेका हुन्।यहाँ २०७४ सालको चुनावमा भट्ट माओवादीबाट विजयी भएका थिए ।