जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

gyaकाठमाडौं। जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही ज्ञानबहादुर शाही फराकिलो मतले निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २२८१९ मत पाए भने नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९५९ मत पाइन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६५२८ मत पाए ।

जितपछि ज्ञानेन्द्रले आफूलाई जुम्ली जनताले माया गरेको बताए । अब मैले राष्ट्रको नेतृत्व गर्ने हो । उम्मेदवारी दर्तापछि नै उनले जुम्मलामा आक्रामक ढंगले चुनाव प्रचार गरेका थिए ।

हामी नेपाली नेपालीको अभियानमा भ्रष्ट्रचार विरुद्धको अभियान शुरु गरेका ज्ञानेन्द्र शाही पछिल्लो समय राप्रपामा प्रवेश गरेर प्रवक्ताको जिम्मेवारीमा थिए ।

जुम्लाबाट यसअघि २०४८ सालमा नेपाल मजदुर किसान पार्टीबाट डिल्लीबहादुर महत, २०५१ सालमा नेमकिपाबाटै भक्तबहादुर रोकाया, २०५६ सालमा नेकपा एमालेका देवीलाल थापा, २०६४ सालमा नेकपा माओवादीका नरेश भण्डारी, २०७० सालमा नेपाली कांग्रेसका ललितजंग शाही र २०७४ सालमा नेकपा माओवादीका गजेन्द्रबहादुर महत निर्वाचित भएका थिए ।