क्रान्तिकारी माओवादी वरिष्ठ नेता सीपी गजुरेलको आँखाको शल्यक्रिया सम्पन्न,स्वास्थ्य अवस्था सामान्य

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) स्थायी समिति सदस्य सीपी गजुरेलको आँखामा शल्यक्रिया गरिएको छ।

तिलगंगा आँखा अस्पतालमा डा रिता गुरुङ नेतृत्वको टिमले सफलतापूर्वक दाहिने आँखाको शल्यक्रिया सम्पन्न गरिएको केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए।

 नेता सीपी गजुरेल केही समयदेखि आँखाको मोतियाँ बिन्दुबाट पीडित हुनुहुन्थ्यो र शल्यक्रिया पछि अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको  अध्यक्ष हरिकृष्ण गजुरेलले बताए।