काँग्रेसले कारबाही गरेका सिंहले काँग्रेसकै उम्मेदवारलाई हराउँदै चुनाव जिते

काठमाडौं । नेपाली काँग्रेसले उपेक्षा गरेर टिकट नदिएको डा।अमरेशकुमार सिंहलेसर्लाही क्षेत्र नम्बर९४ बाट निर्वाचन जितेका छन् ।

नेपाली कांग्रेसबाट कारबाहीमा परेका सिंहले काँग्रेसका आधिकारीक उम्मेदवारलाई हराएका छन् ।

माछा चुनाव चिन्ह लिएर निर्वाचन लडेका सिंहले कांग्रेका आधिकारिक उम्मेदवार नागेन्द्र कुमाललाई झिनो मत अन्तरले पराजित गरेका हुन् ।

सिंह १७ हजार ७६८ मत ल्याउदा कुमालले १६ हजार २२८ मत ल्याएका छन् । गत वैशाखमा भएको स्थानीय तह चुनावमा अन्तर्घात गरेको भन्दै सिंहलाई कांग्रेसले कारबाही गरेको थियो।