समानुपातिकमा एमालेले कटायो २१ लाख मत,कुन पार्टीको मत कति?

काठमाडौं । प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिक तर्फ नेकपा एमालेले २१ लाख मत कटाएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको साँझ ६:२५ बजेसम्मको मतपरिणाम अनुसार एमालेले २१ लाख ५ हजार ७४९ मत ल्याएको छ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले २० लाख २७ हजार ४१८ मत पाएको छ।नेकपा माओवादी केन्द्रले ८ लाख ९५ हजार ८६४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ६२ हजार ८९२ मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ६० हजार ३०२ मत पाउँदा जनता समाजवादी पार्टीले २ लाख ४९ हजार ६२४ मत पाएको छ। नेकपा एकीकृत समाजवादीले १ लाख ९५ हजार ३४४ मत पाएको छ।