प्रचण्ड र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं। नेकाप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

शनिबार प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भारतीय राजदूत नविन श्रीवास्तव खुमलटारमै पुगेर अध्यक्षज्युसँग भेटवार्ता गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रचण्ड र श्रीवास्तवबीच समसमायिक विषयमा पनि छलफल भएको थियो।

राजदूत श्रीवास्तवले यसअघि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।