बाजुरामा प्रहरीको गोली लागेर मृत्यु भएका सन्दीप ऐडीको दाहसंस्कार

काठमाडौं। मङ्सिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झडप हुँदा प्रहरीकाे गाेली लागेर ज्यान गुमाएका युवकको दाहसंस्कार गरिएको छ।

त्रिवेणीमा नगरपालिका वडा नम्बरे–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा झडप हुँदा प्रहरीको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको मृत्यु भएको थियो।

मृतक वडा नम्बर–९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडीका छोरा हुन्। उनी वडा नम्बर–७ का स्थानीय हुन्।

सहमति नहुँदा स्थानीयले युवकको शव उठाउन अस्वीकार गर्दै आएका थिए। स्थानीय प्रशासन र परिवारको बीचमा शव दाहसंस्कार गर्ने सहमतिपछि शव जिम्मा लगाएको बाजुराका डिएसपी चतुर्भुज ओझाले बताए।​

पीडित परिवारसँग कस्तो सहमति भएको छ भन्नबारे डिएसपी ओझाले बताएनन्। उनले भने–‘क्षतिपूर्तिबारे मलाई जानकारी भएन।

मङ्सिर ४ मा राति कांग्रेसका कार्यकताहरुको कुटपिटका कारण ज्यान गुमाएका अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीको शव अझै उठेको छैन।

हत्यारालाई कारबाहीको माग गरेर एमालेका कार्यकर्ताहरूले बाजुरामा विरोधका कार्यक्रम गरिरहेका छन्। चेतनको शव अछाम स्थित अस्पतालमा छ। चेतनको हत्या आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको डिएसपी ओझाले जानकारी दिए।