बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई अग्रता कायमै

काठमाडौं। बाजुरामा मतगणनाको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन् ।

१५७४ मत गणना गर्दा बद्री पाण्डेले ८१६मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ७११ मत पाएका छन् ।

४ मंसिरमा भएको चुनावमा बुथ क्याप्चर गरेको भन्दै कांग्रेस र एमालेले एक अर्कालाई आरोप लगाएपछि त्यहाँ मतगणना सुरु हुन सकेको थिएन ।

निर्वाचन आयोगले स्थलगत अध्ययन गर्दै मतगणना गर्न निर्देशन दिएपछि त्यहाँ मतगणना सुरु भएको हो ।