बाजुरामा स्थगित गरिएको मतगणना पुन: सुचारु

फाइल तस्वीर

काठमाडौं । बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना पुन सुचारु गरिएको छ। प्रतिनिधि सभाको बिहानदेखि रोकिएको मत गणना सहमतिपछि अहिले सुचारु गरिएको छ। प्रदेश सभाको पनि मतगणना स्थगित भएको केही समयपछि सुचारू भएको छ। अहिले संघ र प्रदेश दुबैको मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ ।
राजनितिक दल सँगको सहमतिपछि रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । हिमाली गाउँपालिका ६ धिममा भने मुचुल्का भन्दा ४० मत बढी भेटिए पछि नेकपा एमालेले बिरोध जनाएको थियो ।
प्रदेश सभा ख को मतगणनामा बुढिगंगा ३ को मतदान केन्द्रमा मुचुल्कामा ३ सय ५० रहेको थियो भने तर २ सय ५० भएको भेटिएपछि विवाद भएको थियो। १०० भोट मुचुल्का भन्दा बढी देखि पछि विवाद भएर मतगणना स्थगित गरिएको थियो ।अहिले सहमति पछि पुन मतगणना शुरु गरिएको छ।