रवि लामिछानेको नागरिकता अनुसन्धान गर्न प्रहरीलाई प्रशासनले पठायो पत्र

काठमाडौं। रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई पत्राचार गरेको छ।

प्रशासनले प्रहरी परिसर काठमाडौँलाई अनुसन्धान गर्न पत्राचार गरेको हो । लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवाद अनुसन्धान गर्न पत्र आएको र कानुनी प्रक्रिया सुरु गरिएको एसपी दिनेशराज मैनालीले जानकारी दिए ।निर्वाचनकै क्रममा लामिछानेविरुद्ध उनको नागरिकता र राहदानीको विषयमा निर्वाचन आयोगमा उजुरी परेको थियो । नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका रविले अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त नगरेको भन्दै आयोगमा उजुरी परेको थियो