सुकुम्बासीको आन्दोलनमा अखिल (क्रान्तिकारी) सधैं अग्रपंक्तिमा रहेर लड्न तयारछ: अध्यक्ष हरिकृष्ण गजुरेल

काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय संगठनहरुले आज थापाथलीस्थित सुकुम्बासी बस्तीमाथि काठमाडौं महानगरले विना विकल्प डोजर लगाएर जबर्जस्ती गरेकोमा ऐक्यबद्धता जनाउँदै विरोध गरेका छन्।

ऐक्यबद्धता सभामा अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले पनि सम्बोधन गरेका थियो ।

सुकुम्बासीको भोट लिएर जितेकाहरुले चुनाव सकिन नपाउँदै डाेजर लगाएर सुकुम्बासीहरुलाई आफ्नो थातथलोबाट विस्थापित गर्न खोजेको अध्यक्ष हरिकृष्ण गजुरेलले बताए।

उनले भने यो संसदीय व्यवस्था सुकुम्बासी,मजदुर, किसानलगायत गरिखाने वर्गहरूको व्यवस्था नभएको बताए। संसदीय व्यवस्थाका शासकहरुलाई सुकुम्बासीहरुको भोट चाहिने तर निर्वाचनपछि गरिब दुखीहरू नचाहिने यस्ता शासकहरूलाई अब पत्ता सब गर्ने बेला आएको अध्यक्ष गजुरेलले बताए।

उनले भने यो व्यवस्था गरिब,दुखी, सुकुम्बासीहरूको व्यवस्था नभईको लुटेराहरूको व्यवस्था भएको बताए। अब सुकुम्बासीहरुको व्यवस्था ल्याउनका लागि विद्यार्थी,मजदुर, किसानलगायत सबैले एकपटक संघर्ष गर्ने बेला आएको अध्यक्ष गजुरेलले बताए।

अब स्थायी विकल्प विना सुकुम्बासीहरुलाई हटाउन नहुने र हटाउन खोजे सुकुम्बासीहरुको प्रतिरोध संघर्षमा विद्यार्थी अग्रमोर्चामा आएर लड्ने अध्यक्ष गजुरेलले बताए।

अखिल (क्रान्तिकारी) सधैं शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिको लागि आन्दोलनमा साथ दिने अध्यक्ष गजुरेलले बताए।