बाजुरामा कांग्रेसका बद्री पाण्डे ४ हजारभन्दा बढी मतान्तरले अगाडि

काठमाडौं। बाजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले ४ हजारभन्दा बढी मतान्तरसहित अग्रता लिइरहेका छन्।

पछिल्लो परिणामअनुसार पाण्डेले १९ हजार ७ सय ५७ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १५ हजार ४ सय ५३ मत ल्याएका छन्।

पाण्डे ४ हजार ३ सय ४ मतले थापाभन्दा अगाडि छन्। यहाँ ६० हजार १ सय ५२ मत खसेको थियो।

मतदान क्रममा विवादपछि कांग्रेस कार्यकर्ताको कुटपिटबाट एमालेका कार्यकर्ता चेतन अयडीको निधन भएको थियो। अयडीको निधनपछि बाजुरामा मतगणना रोकिएको थियो।

निर्वाचन आयोगले पुन: मतदान नगर्ने निर्णय गरेपछि बाजुरामा बिहीबार मतगणना सुरू भएको हो।