मेडिकल काउन्सिलको सदस्यबाट डा.तोसिमा कार्कीद्वारा राजिनामा

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा तोसिमा कार्कीले राजिनामा दिएकी छन्। प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन्।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित भएकी हुन्।

तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।

तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो।

काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले डा. कार्कीले आइतबार काउन्सिलमा आएर राजिनामा बुझाएको पुष्टि गरे । हिजो आइतबार उहाँको राजिनामा पत्र आएको छ। हामीले सो पत्र स्वास्थ्य मन्त्रालयमा पठाएकाे उनले भने ।