कैलालीमा गोली चल्यो १ जना घाइते

काठमाडौं। कैलालीको अत्तरियामा अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन्।

आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका नचिनेका मानिसहरुले गोली चलाउँदा एक जना घाइते भएको इलाका प्रहरी कार्यालय कैलाली अत्तरियाका डीएसपी रविन्द्र पाण्डेले जानकारी दिए।

डीएसपी रविन्द्र पाण्डेका अनुसार न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम घाइते भएका छन्।

उनको अस्पतालमा उपचार भइरहेको छ भने गोली चलाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ।