गण्डकी प्रदेश सरकारले गर्याे म्याग्दीका पशुपालक कृषकलाई ४ करोड २५ लाख सहयोग

काठमाडौं। गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अनुसार म्याग्दीका पशुपालक कृषकहरूका लागि ४ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रदेश सरकारले पशुपालन सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालनका क्रममा उक्त रकम कृषकलाई सहयोग गरेको हो।म्याग्दीमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा किसानलाई लक्षित गरेर पशुपालन सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । विदेशिने युवालाई स्वदेशमै रोकेर स्वरोजगार बनाउन तथा आर्थिक विकास गर्ने उद्देश्यका साथ युवा लक्षित कार्यक्रमलाई जोड दिइएको हो ।

स्वदेशमा केही काम पाइएन भन्दै विदेशिने वा विदेशबाट फर्किएका युवा किसानलाई लक्षित गरेर म्याग्दीमा स्वरोजगारमूलक विभिन्न कार्यक्रम सञ्चालन भएका छन्। युवालाई स्वदेशमै रोजगारको अवसर सिर्जना गरी आत्मनिर्भर बनाउन पशुपालनका कार्यक्रमलाई प्रदेश सरकारले जोड दिइएको छ। प्रदेश सरकारको भूमि, कृषि तथा सहकारी मन्त्रालयमार्फत म्याग्दीमा सबै भन्दा धेरै ६४ लाख रुपैयाँको लागतमा साना व्यवसायी फार्म स्थापना तथा विस्तार गर्ने कार्यक्रम रहेको छ।

यसैगरी ५१ लाख ४० हजार रुपैयाँको लागतमा उत्पादनमा आधारित प्रोत्साहन सहयोग, ४० लाख रुपैयाँको लागतमा पशुपक्षी बिमा कार्यक्रम, ३० लाख रुपैयाँको लागतमा भैँसी विकास र आमयान्त्रिकरण कार्यक्रम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । त्यस्तै कोरोना भाइरस कोभिड–१९ राहततर्फ युवा किसानलाई ५० प्रतिशत अनुदानमा कुखुरा पालन कार्यक्रम पनि सञ्चाल नगरिएको छ।

पशुपालन व्यवसाय वृद्धि गर्न र उत्पादन बढाउनका लागि डेरी तथा मासु पसल सुधार, पुराना पोखरी मर्मत सम्भार, माछाका भुरा वितरण, पाडापाडी हुर्काउने तथा हिउँदे र वर्षे घाँस उत्पादनको बीउबिजन सहयोग गर्ने जस्ता कार्यक्रमहरू रहेका छन्।