१४ महिनाको छोरा छाडेर आमा वेपत्ता

काठमाडौं । धरान–६ पानवारीबाट एक युवती आफ्नो १४ महिनाको छोरा छाडेर वेपत्ता भएकी छन् । कामको खोजी गर्न भन्दै धरान–६ पानवारीबाट निस्किएकी २० वर्षिय स्वस्तीका कार्की १० दिनदेखि वेपत्ता छिन् । उनीे १४ महिनाको छोरालाई माइतमा छाडेर वेपत्ता भएकी हुन् । उनको श्रीमान वैदेशिक रोजगारीमा छन् ।

श्रीमान विदेश गएदेखि नै माइतमा बस्दै आएकी कार्की गत सोमबार कामको खोजी गर्न भन्दै घरबाट निस्किएकी थिइन् । छोरी सम्पर्क विहिन भएपछि उनका वृद्ध बुवा गोपाल कार्कीले छोरीको खोजी गरिदिन सबैसँग अपिल गरेका छन् । उनले इलाका प्रहरी कार्यालय धरानमा समेत छोरीको खोजी गरिदिन निवेदन दिएका छन् । मजदुरी गरी जीविकोपार्जन गरिरहका कार्की अहिले १४ महिनाको नाती हेरेर बस्नुपरेको छ । कार्की भन्छन् दिनभरी मजदुरी नगरे हातमुख जोड्न समस्या हुन्छ । अहिले नाती हेरेर बस्नुपरेकोले समस्या भइरहेको छ ।