भोली (आइतबार) सार्वजनिक विदा

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार (भोली) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दै छन् । यही खुसीमा पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।

आइतबार अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्यादली निकाल्ने तयारी छ । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम छ ।

शुभारम्भ समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने छ ।

फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने छ । बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ ।