गाईजात्रा वा आत्म समर्पणको घेरामा दहाल सरकार

पुष्पकमलले काँग्रेस संगको गठ वन्धन तोडेर ठिकै गरे । यो इण्डो अमेरिकी गठवन्धन देशको निम्ति अत्यधिक घातक थियो । तर सरकार वनाउन थाल्ने वित्तिकै इनले गाइजात्रा सुरु गरेका छन । अहिलेनै तीन उपप्रधान मन्त्रि वनाएका छन ।अव लिगदेल,जसपा, आएपछी पाँच हुनेहोला । भागवण्डा पुरयाउन मन्त्रालय फुटाउने सम्मको चर्चा छ । यसो भयो भने अर्को गाइजात्रा सुरुहुनेछ । सरकार टिकाउन यस्तो निर्घिणी काम किन गर्ने ? ओली दहालहरुको टिमले न्युनतम राजनीतिक मुल्यकायम गरेर जनपक्षीय कामगर्नेहो भने देउवा गठवन्धनले सरकार ढाले पनि देश चलाउन सक्दैन । सरकारत अहिलेको शक्तिकेन्द्रहरुको गतिविधी हेर्दा ६ महिनापनि टिक्ने संभावना कम छ ।
एकातिर यसमा सम्मिलित भएका केही दलहरु रास्वपा, जनमत,र राप्रपा समेत यो गठवन्धनमा खास मिसनका साथ आएका छन । त्यो खास मिसनहो पुरना सत्तासिन पार्टीहरु खासगरी माके र एमालेलाई पालैपालो खेलाउदै बदनाम गर्ने र समाप्त गर्ने । त्यसो नगरी काँग्रेसको विकल्प नयाँ काँग्रेस वन्न सक्दैन । अर्कोतिर हाम्रो दक्षिणतिरको छिमेकी नेपालमा अस्थिरताको जगमा आफ्नो प्रभुत्व कायम राख्ने घोषित नीतिकासाथ काम गरिरहैछ । त्रिसंकु संसदलाई उसले भरपुर प्रयोग गर्नेछ ।
जाहासम्म जसपा र माकुनेको प्रश्नछ जसपा नेता उपेन्द्र यादव भारतको आशिर्वाद वेगर तराइमा राजनीति गर्न सकिदैन भन्ने निस्कर्षमा पहिल्यै पुगेका हुन । उनको अहिलेको पराजय दिल्लिसंग आत्मसमर्पणको चेतावनी हो भन्ने पनि उनले बुझेका छन । उपेन्द्रलाई काउन्टर दिन तयार गरिएको लोसपा र विजयगच्छेदार पतन भए । यस्तो वेला उपेन्द्रको एकमात्र उद्देश्य दिल्ली रिजाउनु र उसको विश्वास पात्र बन्नु हो । तसर्थ उनी यो सरकारको भरपर्दो सहयोगी हुनै सक्दैनन । बरु असोक राईहरु याहा नअट्न सक्दछन ।
माकुने को पार्टी एमाले माकेको विकल्प दिन दिल्लीले तयार गरको पार्टी हो जसरी हिजो ठाकुरको पार्टी बन्यो । उपनि यो सरकारको सहयोगी बन्ने निकै कम संभावना छ । बरु यसमा झलनाथहरु भने नरहन सक्दछन ।
सवै सुचकांकहरुले केप्रष्ट गर्दछ भने दिल्ली दहाल सरकार लाई आत्मसमर्पण वा बहिर्गमन मध्ये एकरोज्न दवाव दिइरहेकोछ । आफ्नै आत्मसमर्पणवादी चरित्रले ओली दहालहरुलाई छटपटिनु पर्ने अवस्था सिर्जना भएकोछ । गाइजात्रे भागवन्डा वा आत्मसमर्पण दुवैकुराले यिनलाई समाप्त गरिदिने छ।