नेपाल प्रहरीका १७ जना डिआईजीहरूको सरुवा, को कहाँ (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरुवा भएको छ।

बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयले १७ जना डीआईजीको काज सरुवा भएको विज्ञप्ति जारी गरी जानकारी दिएको हो।

कार्यालयका अनुसार प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापालाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएको छ।

यसैगरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका मोहनप्रसाद आचार्यलले केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगन्ज, काठमाडौंको जिम्मेवारी पाउनुभएको छ।