आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उहाँले सात दलबीच कुनै विवाद नरहेको दाबी गर्दै आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको बताउनुभयो ।

सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटमा विवाद हुँदा संघीय सरकार र प्रदेश सरकारहरुमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन।

गठबन्धन सरकारमा अहिलेसम्म तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्री सहभागी भएका छन् ।

यीमध्ये चार मन्त्रीलाई अहिलेसम्म जिम्मेवारी तोकिएको छैन ।