पुसमा राजस्वको लक्ष्य पुगेन

काठमाडौं । आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा आन्तरिक राजस्व विभागले लक्ष्य भन्दा २१ प्रतिशत कम राजस्व संकलन गरेको छ ।

पुस मसान्तसम्ममा २ खर्ब ८१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा २ खर्ब २२ अर्ब मात्रै उठेको हो ।

यो लक्ष्य भन्दा २१ प्रतिशत कम हो । गत वर्ष यही अवधिमा २ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

आकारतर्फको संलकन झन निराशाजनक देखिएको छ ।

विभागका अनुसार पुस मसान्तसम्ममा १ खर्ब ६ अर्ब आयकर उठाउने लक्ष्य लिएकोमा ७१ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ ।

सामान्यतः पुस मसान्तसम्म आयकरको ४० प्रतिशत किस्ता उठाउने गरिन्छ ।

मूल्य अभिवृद्धि कर, अन्तः शुल्क र आयकर लक्ष्य भन्दा निकै कम संकलन हुँदा आयकर लक्ष्य भन्दा एक तिहाईले कम उठेको हो ।

आयात नियन्त्रण र आर्थिक गतिविधि खुम्चिएका कारण राजस्वको लक्ष्य प्राप्त नभएको विभागको भनाइ छ ।