काँग्रेसलाई भोट दिने माओवादी मन्त्री बर्खास्त,सत्ता गठबन्धनको भविस्य के होला ?

काठमाडौं । नेकपा माओवादीका तर्फबाट लुम्बिनी प्रदेशको मन्त्री बन्नुभएकी कृष्णा केसीलाई अन्तरघातको बात लागेपछि पदबाट राजीनामा दिनुभएको छ।

केसीले मुख्यमन्त्री लीला गिरीलाई भेटेर आज राजिनामा बुझाउनुभएको हो ।माओवादीको प्रदेश कमिटीले उहाँलाई राजीनामा दिन लगाएको हो।

यही माघ २५ भएको राष्ट्रिय सभा निर्वाचनमा एमालेका उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि केसीमाथि पार्टीले छानबिन गरेको थियो ।

प्रदेश कमिटीको छानविनमा केसीलाई काँग्रेसलाई भोट हालेको पुष्टी भएपछि पदबाट राजिनामा दिन निर्देशन दिइएको हो। राजिनमा नआएको भए पार्टीको आग्रह्ममा मुख्यमन्त्री गीरीले मन्त्री केसीलाई बर्खास्त गर्ने तयारी गर्नुभएको थियो।

माओवादीको केन्द्रीय कमिटी सदस्य समेत रहनुभएकी केसीले राजीनामा बुझाएसँगै सम्पर्क बाहिर हुनुहुन्छ । केसी बाँके १ को प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो।