केपी ओली राष्ट्रपति बन्दै

फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोले पुस १० मा भएको सहमति कार्यान्वयन गर्नका लागि केपी ओलीलाई राष्ट्रपति बनाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले स्थायित्व कायम गर्न केपी ओलीलाई राष्ट्रपति बनाउनुपर्छ बताए ।

उनले लेखेका छन्, ‘ठिक छ, पुस १० को सहमतिलाई नै कार्यवन्यन गरौं ।

त्यसका लागि देशको गरिमामय अभिभावक राष्ट्रपति कमरेड केपी ओलीलाई बनाऔं ।

यस्तै आङ्बोले स्थायित्व, सुशासन र समृद्धिका लागि पाँचै वर्ष प्रचण्ड नेतृत्वको सरकारलाइ निरन्तरता दिनुपर्ने बताए ।

उनले बामपन्थी सहकार्यलाई दीर्घकालीन बनाउन आग्रहसमेत गरेका छन् ।

उनी माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेतासमेत हुन् ।

मोरङ । एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्ने भएको छ ।

एमाले प्रदेश नम्बर–१ को शनिबार बिहान बसेको बैठकले प्रसाईंलाई कारबाही सिफारिस गरेको हो ।

प्रदेश इन्चार्ज राजेन्द्र गौतमले पार्टी नीति र हितविपरीत गतिविधि गरेकाले प्रसार्यंलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरिएको जानकारी दिए ।