साफ यू-१९ च्याम्पियनसिप नेपालमा आयोजना हुने

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ ९साफ०ले आयोजना गर्ने साफ यू–१९ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।

साफले आइतबार आफ्नो सामाजिक सञ्जालमार्फत २०२३ को प्रतियोगिता, मिति र स्थान सार्वजनिक गरेको हो ।जस अनुसार नेपालमा आयोजना हुने यू–१९ च्याम्पियनसिप २०२३ को जुलाई ७ देखि १७ सम्म सञ्चालन हुने छ।

नेपालले यसअघि सन् २०१५ मा घरेलु भूमिमा भएको यो प्रतियोगिताको उपाधि जितेको थियो । यस्तै, २०१९ मा यो प्रतियोगिता साफ यू–१८ च्याम्पियनसिपको नाममा आयोजना हुँदा नेपालले नै अवसर पाएको थियो।

त्यतिबेला फाइनलमा नै पुग्न नसकेको नेपालले सन् २०१५ मा भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिप जितेको थियो ।

यो वर्ष आयोजना हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाका बंगलादेश, भुटान, भारत, माल्दिभ्स र पाकिस्तान सहभागी हुने छन् ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले श्रीलंकामाथि प्रतिबन्ध लगाएका कारण त्यो प्रतिबन्ध नहटेसम्म उसले साफका कुनै पनि प्रतियोगिता खेल्न पाउने छैन ।

प्रतियोगितामा साफ यू– १७ वुमन्स् च्याम्पियनसिप २०२३ बंगलादेशमा आयोजना हुनेछ । यो प्रतियोगिता मार्च २० देखि २८ सम्म चल्ने छ।

साफ च्याम्पियनसिप २०२३ भारतमा हुनेछ । यसको मिति भने टुङ्गो लागेको छैन । साफ यू–१६ च्याम्पियनसिप २०२३ भने १ देखि ११ सेप्टेम्बरमा भुटानमा आयोजना हुने छ ।