राष्ट्रपतिमा आज कसले मार्ला बाजी, रामचन्द्र कि सुवासचन्द्र,यस्तो छ मतभार?

काठमाडौं । नेपालको नयाँ राष्ट्रपति चयनका लागि भोली निर्वाचन हुँदै छ ।

निर्वाचनको तयारी समेत पूरा भइकेको छ ।आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ ।

नेकपा एमाले र माओवादीले गएको पुस १० गते गरेको सम्झौताअनुसार राष्ट्रपती निर्वाचन नहुने भएको छ ।

एमालेले चाहेजस्तो सिफारिस गरेको उम्मेदवारलाई माओवादी समर्थन गर्ने वातावरण बन्न सकेन ।

न प्रचण्डले भन्दै आएको गैरदलीय र राष्ट्रिय सहमतिको उम्मेदवार नै राष्ट्रपति हुने वातावरण बन्यो ।

आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उमेदवार चुनावी भिडन्तमा छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ दुबै संसदीय राजनीतिको पाका खेलाडी हुन् ।

नेता रामचन्द्र पौडेल नेपाली कांग्रेसको सभापति बन्न पटक पटक प्रयास गरेपनि सफल हुन नसकेका पात्र हुन् ।

उनी यसअघि संसदमा प्रधानमन्त्रीका लागि भएको मतदानमा पनि पटक पटक पराजित भएका थिए ।

नेता पौडेलले स्वतन्त्रता र प्रजातन्त्रबाट मात्र जनताको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको संरक्षण हुन सक्छ भन्ने वैचारिक दृष्टिकोण राख्ने गरेका छन् ।

त्यसो त नेकपा एमालेका नेता सुवास नेम्वाङ पनि पार्टी अध्यक्ष बन्ने अन्तिम अवस्थासम्म संघर्षरत रही उपाध्यक्ष बनेका नेता हुन्।

नेम्वाङ प्राध्यापन, कानून व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाउँदै हालको अवस्थामा आएका हुन् ।

प्रतिनिधि सभाको दोस्रो ठूलो दल एमालेका उम्मेदवार सुवास नेम्वाङको विपक्षमा ८ दलीय गठबन्धन छ।

पुस १० गते बनेको एमाले माओवादी गठबन्धन फागुन १२ गते टुटेपछि एमाले राष्ट्रपतिको निर्वाचनमा केही कमजोर देखिएको छ।

८ दलीय गठबन्धन बाहिर रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राप्रपा लगायतले राष्ट्रपतिमा कस्लाई समर्थन गर्ने वा कुनलाई मत दिने भन्नेबारे खुल्न सकेका छन्न।

यतिखेर दुबै उम्मेदवार चुनावी प्रचारमा जोडतोडसँग लागिरहेका छन्।

पौडेल समर्थक आठदलीय गठबन्धनचुनाव जित्नेमा ढुक्क देखिएको छ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्को प्रतिनिधि सभामा २७३ र राष्ट्रिय सभामा ५९ गरी हाल ३३२ जना सांसद मतदाता छन् ।

यस्तै प्रदेश सभामा जम्मा ५५० जना सांसद छन्।

यस पटकको राष्ट्रपतिको निर्वाचनमा १ हजार २१६ जना मतदाता छन्।