सत्ता गुमाएका एमाले अध्यक्ष ओली वियोगमा,अब सत्ताको खेलमा नलाग्ने निष्कर्ष

फाइल तस्वीर

काठमाडौं। सत्ता गुमाएको केहि दिनमै राष्ट्रपतिसमेत गुमाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली वियोगमा छन्। उनलाई एमालेबाहेक अरुको मत प्राप्त भएको छैन।

फलतः एमाले एक्लिएपछि ओली सत्ताको दौडमा नलाग्ने निष्कर्षमा छन्। एमालेहरुका बीचमा एउटा भास्य निकै लोकप्रिय छ ।जागे केपी ओली जस्तो, थाके प्रचण्ड जस्तो।

अर्थात ओलीको रफ्तारमा हिँड्न प्रचण्ड थाकेकै कारण सहकार्य टुंगिएको निष्कर्ष एमालेहरु निकालिरहेका छन्। तर अब ओली थाके। सत्ता हुँदै राष्ट्रपतिसम्म गुमाएपछि थकित बनेका ओली सत्ताको दौडमा नलाग्ने निष्कर्षमा छन् ।

बिहिबार राष्ट्रपति निर्वाचनको मतदानअघिसम्म पनि एमाले अध्यक्ष ओलीमा एकखाले आश थियो। एमाले एक्लिएको भन्ने प्रश्नमा ओलीले जवाफ फर्काएका थिए,एक भोट मात्रै आउँला त एसपल्ट ? किनकि ओलीलाई आठ दलीय गठबन्धनबाट भोटक्रसको अपेक्षा थियो।

तर असलियतमा मतदानअघि आफैले गरेको प्रक्षेपणजस्तो एमालेबाहेक एक भोटमात्रै क्रस भएको छ। यसले भारी मतान्तरले आफ्ना बलियो उम्मेदवार पछारिएपछि ओली शोकमा परेका छन्।

फलतः काँग्रेससँग नमिल्ने कसम नखाएकाले एमाले–काँग्रेस सहकार्यको सम्भावनालाई बलियो देखाएका उनी एकदिनपछि नै सत्ताको खेलमा नलाग्ने निष्कर्ष केन्द्रित बनेका हुन्। किनकि प्रचण्ड–माधवबाट विगतदेखि नै झेल भएको टिप्पणी ओलीको छ।

नेकपा विभाजनताका नै ओली, प्रचण्ड र माधवबीच सम्बन्ध बिग्रिएर संकट परेको थियो। त्यसयता उनीहरुबीचको सहकार्य पनि लगभग टुट्यो। टुटेका उनीहरु फुटेकै अवस्थामा निर्वाचनमा जाँदा कसैको पनि आशातित परिणाम आएन।

सत्ताका लागिथोरै तर निर्णायक मत ल्याएका प्रचण्ड काँग्रेस हुँदै एमालेसम्म आइपुग्ने अवस्था बनेपछि उनीहरु फेरि एक ठाउँमा उभिएका थिए। यसबाट फाइदामा चढेका ओली दुईमहिनामै सब गुमाएर भुइँको बनेका छन्।

यो बीचमा माधवलाई फकाएर प्रचण्ड पल्टाउने कसरत ओलीले नचलाएको होइनन्। तर राष्ट्रपति नै बन्नुस् भन्दा पनि माधव ओलीको विश्वासमा विश्वस्त हुन नसकेपछि यहाँ पनि ओली थाके।

पुस १० को सहमति भत्किँदा पार्टीबाट सरकारमा सामेल मन्त्रीहरु फर्किए।ओलीलाई नेता मान्दै पुस १० मा बालकोट गठबन्धनको हर्ताकर्ता बनेको रास्वपा र राप्रपाले पनि लत्तो छोडेका छन् ।राष्ट्रपतिको निर्वाचनअघि सबै दलको दैलो चाहर्दा पनि एमाले बाहेकको मत प्राप्त भएन।

राप्रपा तटस्थ बन्दै ओलीलाई समर्थन नगर्ने निष्कर्षमा पुग्यो । सत्ता नै सबथोक भन्ने बुझाईमा रहेको रास्वपा जता पद पाइन्छ उतै दौडिरहेको छ।

गृहमन्त्री गुमाउँदा आफ्नै लागि बोलेका ओली विर्सिएर रवि प्रचण्ड पाउमा शरण मागिरहेका छन्।

आलोपालो सहमति कार्यान्वयन गर्दै नेकपाकालमै ओली प्रचण्डलाई दिन तयार भएको भए राजनीतिक कोर्ष यहाँसम्म आइपुग्ने थिएन। त्यसयता दुईपटक प्रचण्डलाई फकाउने अवसर पाएका ओली आफ्नै दम्भले असफल भए।

माधवलाई फकाउन हरसम्भव प्रयास गरेपनि विगतमा ‘नाम लिँदा पनि मुख कुल्ला गर्छु’ भन्ने तीखो प्रहारको घाउ मेट्न सकेनन्।

अब पाएर पनि गुमाएका ओलीलाई फेरि आठ दलीय साम्राज्य भत्काएर झण्डा गाड्न सजिलो छैन। तर गठबन्धनभित्र बढ्नसक्ने असन्तुष्टिलाई हतियार बनाएर खेलकुद चलाउने नीति एमालेमा कायमै छ।