रास्वपाले उपराष्ट्रपतिमा गठबन्धनका उम्मेदवार यादवलाई मत नदिने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले उप–राष्ट्रपति निर्वाचनको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार राससहायप्रसाद यादवलाई मत नदिने भएको छ।

राष्ट्रपति पुरुष भइसकेपछि उपराष्ट्रपति महिला हुनुपर्छ भन्ने हाम्रो मान्यता भएकोले रास्वपाले उपराष्ट्रपतिमा यादवलाई मत नदिने भएको हो।

रास्वपाले उप–राष्ट्रपतिका महिला उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा मध्ये कसलाई मत दिने खुलाएको छैन।

एमाले उम्मेदवार शाक्यलाई भोट दिने सम्भावना बढी रहेको स्रोतले जनाएको छ ।