देशभरका ३५ क्याम्पसको मतगणना सकियो, कुन संगठनले कति?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम आउँन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या भएका सम्बन्धन प्राप्त कलेजहरुको नतिजा आएको हो ।

बिहान ८ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । ३ सय भन्दा कम मतदाता भएका कलेजको भने परिणाम पनि आइसकेको छ । आइतवार साँझ साढे ६ बजेसम्म प्राप्त मतपरिणाम अनुसार २० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ ।

त्यस्तै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ७ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले ३ र नेकपा एसनिकट अनेरास्ववियूले३ क्याम्पसमा सभापति जितेका छन् । त्यस्तै विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ ।

अखिल क्रान्तिकारी -क्रान्तिकारी माओवादी 

१- पाटन संयुक्त क्याम्पसमा- देवेन्द्र धामी

अनेरास्ववियु -एमाले

१- जिरी क्याम्पस दोलखा,ज्योती खड्का
२-सिद्धार्थ क्याम्पस स्याङजा,सञ्जोग थापा
३-श्रीकोट वहुमुखी क्याम्पस बैतडी,शम्भुराज गिरी
४-साकेला क्याम्पस खोटाङ,यामकुमार खड्का
५- मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक,पवन लामिछाने
६-जनसेवा क्याम्पस बर्दिया,लक्ष्मी न्यौपाने
७-खप्तड बहुमुखी क्याम्पस डोटी,श्याम विक
८- कृष्ण स्नातक क्याम्पस दार्चुला,हेमन्ती जोशी
९-नवप्रभात क्याम्पस बैतडी,रेखा घटाल
१०- थलारा वहुमुखी क्याम्पस बझाङ,महेश जेठारा
११-मंगला शिक्षा क्याम्पस म्याग्दी,भिममाया रोका मगर
१२-हजारी जनक क्याम्पस धनुषा, सुवास झा
१३- सिम्ता बहुमुखी क्याम्पस सुर्खेत,घनश्याम रेग्मी
१४-रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर,दिलेन्द्र बडु
१५-ज्ञानोदय वहुमुखी क्याम्पस बाँके,विनय यादव
१६-अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल
१७-शिखर क्याम्पस रामघाट सुर्खेत,सिर्जना रसाइली
१८- रमाइलो क्याम्पस मोरङ,मालती रेग्मी
१९- माडी बहुमुखी क्याम्पस चितवन,राकेश चौधरी
२०-गौरादह कृषि क्याम्पस झापा,विक्रम तिवारी

अखिल क्रान्तिकारी -माओवादी 

१- रामपुर क्याम्पस कन्चनपुर,सरस्वती तिरुवा
२-चन्द्रोदय क्याम्पस धादिङ, सजित सुवेदी
३- जयबागेश्वरी क्याम्पस धादिङ,नवराज त्रिपाठी
४- प्रताप स्मृति क्याम्पस दोलखा,रुपेश अर्याल
५- मोहन्याल क्याम्पस कैलाली,अर्जुन खत्री
६- मच्छिन्द्र क्याम्प्स धादिङ,अनिल उप्रेती
७-सेटिगाउँ क्याम्पस वैतडी,मोहन वोहोरा

नेविसंघ -कांग्रेस

१-जनता क्याम्पस रुपन्देही,लिलाधर घिमिरे
२- गुप्तेश्वर वहुमुखी क्याम्पस पर्वत,सतिश रेग्मी
३-त्रिपुरा क्याम्पस नाम्दु दोलखा,सरोज थापा

अनेरास्ववियू –नेकपा एस

१- वंशगोपाल क्याम्पस मकवानपुर,दिवस सिलवाल
२- मनहरी वहुमुखी क्याम्पस मकवानपुर,कुमार घिसिङ
३- तेज निरला क्याम्पस मुस्ताङ,अमिशा तिलिजा

अखिल क्रान्तिकारी –विप्लव

१- जनता क्याम्पस मकवानपुर,मुना गोली