सत्ता गठबन्धन फुटाउने अन्तिम तयारी गर्दै ओली: भागवण्डाले गठबन्धनमा रडाको,प्रचण्डका काममा किन मौन छन् देउवा?

काठमाडौं। राष्ट्रपति उपराष्ट्रति सभामुख चयन आम निर्वाचनको राजनीतिक कोर्स पूरा भएको छ। योसंगै दलहरु भागवण्डामा व्यस्त छन् भने गठबन्धनको भविष्यका विषयमा समेत विभिन्न प्रश्न उठेका छन।

जसले चिर्ने र स्थायित्व दिने बाटोमा हिडेको गठबन्धनका अघि चुनौतीको चाङ छ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाईमा उनको लभ परेपछि भित्तामा पुगेको कांग्रेस सत्तामा पुगेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन सहि थियो भन्न बाध्य पार्ने अवस्थाले तर्सिएका प्रचण्डको यु टर्नका लागि लिएको राष्ट्रिय सहमतीकै रटानले यो फाईदमा कांग्रेस पुगेको हो।

जुन समिकरण उपराष्ट्रपति निर्वाचन र प्रधानमन्त्रीले दोश्रो पटक विश्वासको मत लिदासम्म ११ दलिय बनेको छ। जुन एजेन्डा मिल्नेसँगकै समिकरण भएको तथा यसैका आडमा सरकार बनाएको हुँदा टिक्ने सम्भावना प्रचुर भएको प्रचण्डको विश्वास छ।

तर ओलीले वैशाखसम्म दिएको समयमा माथ खुवाउने गरि अघि बढेका उनीहरु सत्ता भागवण्डामा केन्द्रीत बनेसंगै कहिलेसम्म साथमा हिड्छन् भन्ने प्रश्न उब्जिएको छ।

तर प्रचण्डले आशंका चिर्दै सदनमै जवाफ दिएको एकदिन पछि कांग्रेस नेताहरु समेत गठबन्धन जोगाउन लागि पर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन।

अझ विगतमा गठबन्धनविरोधी कित्तामै उभिएका डा.शेखर कोईरालाले सत्ता गठबन्धनमा आवद्ध १० दललाई सम्हाल्ने जिम्मा कांग्रेसकै काधमा आएको बताउनुले गठबन्धनको आयूप्रति प्रश्न गर्नेलाई बल मिलेको हो।

भागवण्डामा समस्या हुन सक्ने देखिएकै कारण अस्वभाविक दावी नगर्न आग्रह गर्दै आएका नेताहरु अव कांग्रेसलाई गल्ती गर्ने छुट नभएकोसम्म बताईरहेका छन।

गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा भएको वृहत शान्ती सम्झौताको वाँकि काम टुङगोमा पुर्याउने अवसरका रुपमा समेत यसलाई अथ्र्याउदै आएका उनीहरु गठबन्धनप्रति प्रतिवद्ध हुने र दुईमहिना अघिको गल्तीबाट पाठ सिकेको जसरी प्रस्तुत भईरहेका छन।

भागवण्डामै समस्या हुने देखेका माओवादी नेताहरु समेत कस्ता व्यक्ति मन्त्री बनाउने विषयमा छलफल आवश्यक रहेको बताँउदै छन भने आचारसंहिता तथा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेपर्ने उनीहरुको तर्क छ।

अव न्यूनतम साझा कार्यक्रम पनि चाहिने तर्क गर्ने गिरिराजमणि पोखेरेल वाम लोकतान्त्रिक गठबन्धन बाध्यता भएकोले पाँचै बर्ष जानेमा विश्वस्त देखिन्छन।

आफ्नो संसदीय यात्राको सपना देखिरहे उपेन्द्र यादव र उनलाई रोक्ने बाटोमा रहेका जनमत सहितका अन्य मदेशी दल एकै ठाँउमा रहनु पनि अर्को चुनौतीको रुपमा देखिएको छ।

यहिवीचमा कांग्रेससंग राम्रो सम्बन्ध नभएको तर प्रचण्डले निकट राखेका प्रभु शाह र अमरेश कुमार सिंहको व्यवस्थापनको प्रश्न पनि पेचिलो छ।

त्यस्तै प्रचण्डकै लागि त्याग गरेका डा।बाबुराम भट्टराईले आफ्नो योगदानको मुल्य खोज्ने वेला समेत यहि हो। जसले गठबन्धनको आगामी यात्रा फलामको च्युरा चपाउनु भन्दा कम छैन । यद्यपी राजनीतिक विश्लेषक देवेश झा भने गठबन्धन पाँचबर्ष जाने बताउछन् ।

हुन त यतिका चुनौतीकावीच पनि खिईदै गएको माओवादीलाई मर या गर भन्दा पर जाने विकल्प छैन । जसको संकेत शहिद घोषणा, द्धन्द्धकालिन मुद्धा सम्बन्धी विधेयक र अयोग्य लडाकुलाई राहतको विषय अघि आईसकेका छन।

यी सवै काममा मौन स्वीकृती दिएका देउवा प्रचण्डका लागि बाध्यताको साथी बन्ने सवैभन्दा उपयुक्त पात्र भएकोमा दुईमत छैन।

जहाँ सत्ता गुमाइसकेको कांग्रेसका लागि प्रचण्डले देखाएको अनुराग कम्युनिष्ट एक हुन नदिने अस्त्र समेत बनिरहेको छ। जहाँ प्रचण्ड देउवा एक भए गठबन्धन नै चल्ने अवस्थाले समेत गठबन्धन चुनौती पार गर्दै लामै समय जानेमा आशा गर्न मिल्ने देखिएको छ।