उपेन्द्र यादवको सिङ्गो देश र संसद्लाई खाँचो छ :अध्यक्ष नेपाल

फाइल तस्वीर

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिङ्गो देशलाई उपेन्द्र यादवको आवश्यकता रहेको बताएका छन्।

जसपा अध्यक्ष एवं बारा क्षेत्र नं.२ का उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर बिहीबार नेता नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको औँल्याएका हुन्।

बाराको क्षेत्र नंं.२ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार साँझ कलैया पुगेका थिए।

बारा २ को चुनावी मैदानमा रहेका यादवसँगको भेटमा नेता नेपालले गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेका छन्।

जसपा अध्यक्ष यादवलाई विजयी बनाउन अपिल गर्दै नेता नेपालले भने, ‘सिङ्गो देश र संसद्लाई उपेन्द्र यादवको खाँचो छ।

त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एसको पार्टी पङ्क्ति एवं सिङ्गो बारावासीलाई आग्रह गर्दछु।