ज्ञानेन्द्र शाहीका यी अभिव्यक्तिप्रति माओवादीको किन आपत्ति ?

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले नियमापत्ति जनाएका थिए।  संसदको आकस्मिक समयमा नेता शाहीको अभिव्यक्तिप्रति माओवादीका प्रमुख सचेतक पाण्डले नियमापत्ति जनाएका हुन्।

शाहीले संघीयता र प्रदेश देश ठूलो भएको अवस्थामा मात्रै चाहिने बताएका थिए।

उनले भने, ‘आज संघीयता कार्यकर्ता भर्ती गर्ने कहीँ नअटेको व्यक्तिलाई सांसद बनाउने प्रवृत्ति बढ्यो। देश विदेशबाट ऋण ल्याएर संघीयता पाल्न सकिँदैन।

उनले देशको बढ्दो ऋण र युवा पलायनको विषयमा सरकारले जवाफ दिनुपर्ने बताएका थिए। तर, शाहीको अभिव्यक्ति संसदको आकस्मिक समयसँग मेल नखाएको माओवादी सांसद पाण्डको भनाई थियाे।

संसदको आकस्मिक समयमा यसअघि बसेको प्रतिनिधिसभा बैठकपछि अहिलेसम्म भएगरेका गतिविधि राख्नको लागि आजैबाट लागू गरिएको छ।