यी दुई साना कम्युनिस्ट पार्टीबीच आज एकता हुँदै

काठमाडौं । दुईवटा साना कम्युनिष्ट पार्टी बिच आज एकता हुदैँछ ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच एकता हुने भएको हो।

नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिबिधि गर्दै आएका थिए।

नेकपा (बहुमत)का संयाेजक धर्मेन्द्र वास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीबिच एकीकरण घोषणा सभा हुने जनाएका छन्।