एमालेले ७० वर्षे उमेर हद हटाउन निर्वाचन आयोगमा दियो निवेदन

काठमाडौं। नेकपा एमालेको विधानमा रहेको ७० वर्षे उमेर हद निष्क्रिय घोषणा गर्न माग गर्दै बिहीबार निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ।

निमकान्त पाण्डेले दर्ता गराएको सो निवेदनमा ७० बर्ष माथिका व्यक्तिले नेकपा एमालेको कुनै कार्यकारी पदमा निर्वाचित वा मनोनित हुन नमिल्ने विधानको व्यवस्था नेपालको संविधान र प्रचलित राजनीतिक अभ्यास विरुद्ध भएको भन्दै त्यसलाई निस्क्रिय घोषणा गर्नुपर्ने माग गरिएको छ।

निवेदनमा भनिएको छ, ‘नेकपा एमालेको विधान २०७८ को यो व्यवस्था नेपालको संविधान, लोकतान्त्रिक पद्धति र राजनीतिक मान्यतासंग पनि मेल नखाने भएकोले तत्काल निष्क्रिय बनाउन माग गर्दछु।

नेकपा एमालेको विधानको दफा ६४ सबै तहका कार्यकारी कमिटीको पदाधिकारी वा सदस्य निर्वाचित वा मनोनित हुन ७० बर्ष पूरा नभएको हुनुपर्ने व्यवस्था छ।