चाँडै नै काँग्रेस नेतृत्वको सरकार बन्ने पक्का,देउवाले गरे प्रचण्ड नेतृत्वको सरकार ढाल्ने यस्तो संकेत

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशको नेतृत्व अब कांग्रेसले लिने बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनमा बोल्दै उहाँले अब सरकारको नेतृत्व काँग्रेसले लिने दाबी गर्नुभएको हो ।सभापति देउवाले अब चाँडै नै देशको नेतृत्व काँग्रेसको हातमा आउने बताउनुभयो ।

अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचेअनुसार काम गर्न नसकेको भन्दै उहाँले नयाँ सरकार बन्ने संकेत गर्दै भन्नुभयो,‘आज हाम्रो पार्टी सरकारमा छ।

सरकारले सोचेअनुरुप काम गर्न सकेको छैन भोली सरकारको नेतृत्व गर्न सक्ने सम्भावना हाम्रो पनि छ ।

संघको महाधिवेशनको अवसरमा देउवाले शिक्षकहरूको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने समेत बताउनुभयो।

 तापनि भोलि हामी सबै लागेर नेपाली काँग्रेसलाई बहुमत ल्याउनेतिर सबै लाग्यौं भने यसमा शिक्षक संघको पनि योगदान भयो भने हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ’ उनले भने ।

सभापति देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

‘अहिले संयुक्त सरकार भएको हुनाले कति कुरामा काम गर्न समस्या हुन्छ । हुन त अहिलेको संविधान अनुसार गठबन्धन अति आवश्यक छ ।

गठबन्धन नभई सरकार बन्दै बन्दैन । गठबन्धन सरकारमा हामी सहभागी भएका छौं । त्यसले हाम्रो पार्टीलाई एउटा बल पुर्‍याएको छ अगाडि बढ्न’ उनले भने ।

सभापति देउवाले शिक्षकहरुको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने आश्वासन दिए । विगतमा शिक्षकहरुले पार्टीका लागि सहयोग गरेपनि उनीहरुको हितमा धेरै काम गर्न नसकेको देउवाको स्वीकारोक्ति छ।