निमाविको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं। शिक्षक सेवा आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक नतिजा सार्वजनिक गरेको हो। वैशाख ९ गते लिएको सामान्य परीक्षामा सातै प्रदेशबाट ६७ हजार १८० जना परीक्षार्थी सहभागी भएका थिए।

जसमा १३ हजार ९३९ जना मात्रै पास भएका छन्। जुन २०।७४ प्रतिशत हुन आउँछ। परीक्षामा सहभागी ५३ हजार २४१ जनाले सामान्य परीक्षा पास गर्न नसकेको आयोगले सार्वजनिक गरेको नतिजाको विवरणबाट देखिन्छ।

सुदूरपश्चिम प्रदेशबाट ८ हजार ८६९ जनाले परीक्षा दिएका थिए। जसमा १ हजार ६८४ जनाले मात्रै उत्तीर्ण, कर्णाली प्रदेशबाट ६ हजार ५९८ जनाले परीक्षा दिएकोमा १ हजार २३१ जना उत्तीर्ण भएका छन्।

त्यस्तै बागमती प्रदेशबाट ११ हजार ६०६ परीक्षार्थी सहभागी भएकोमा २ हजार ८०३ जना, मधेस प्रदेशबाट ६ हजार २१० जना परीक्षा सहभागी भएकोमा १ हजार १०० जना र कोशी प्रदेशबाट १५ हजार ५९७ जना सहभागी भएकोमा ३ हजार ८५ जना, लुम्बिनी प्रदेशबाट ६ हजार ६७२ जना सहभागी भएकोमा १ हजार १८१ जना, गण्डकी प्रदेशबाट ११ हजार ७२८ जना सहभागी भएकोमा २ हजार ८५५ जना उत्तीर्ण भएका छन्।

पास भएका परीक्षार्थी हरूको विषयगत परीक्षा ९ भदौ २०८० मा बिहान ११ बजेदेखि कैलालीमा सञ्चालन हुने आयोगले जनाएको छ।