राष्ट्रियसभामा आज सरकारका नीति तथा कार्यक्रममाथी छलफल हुने

फाइल तस्वीर

काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दैछ। संघीय संसद भवन, बानेश्वरमा आज दिउँसो १ बस्ने बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि छलफल हुने कार्य सूची रहेको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएको थियो।