एमाले र एकीकृत समाजवादीका कार्यकर्ता माओवादी केन्द्र प्रवेश

चितवन .। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वाग्मती प्रदेश सदस्य किसान नेता खेम भट्ट र चितवन जिल्ला सदस्य उत्तम सुवेदी लगायत नेकपा (एकिकृत समाजवादी)का जिल्ला सदस्य साकार लामा र सूर्य प्रकाश लामा नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्।
उनीहरूलाई नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य नारायण प्रसाद दाहाल क. सरल र क. पथिकले रातो टिका र खादा ओढाएर पार्टीमा स्वागत गरेका छन्।
