माओवादीसँग पार्टी एकता गर्ने नेसपाको निर्णय

फाइल तस्वीर

काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेण्डा मिल्ने पार्टीहरुसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको छ।

यही जेठ २५/२६ गते बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष र सहअध्यक्षले प्रस्तुत गरेको प्रस्तावलाई एकमतले पारित गरेको हो।

बैठकले समाजवादी केन्द्र र ध्रुव निर्माणका लागि समाजवाद केन्द्रित कार्यक्रमसहित माओवादीसँग पार्टी एकाताका लागि वार्ता समितिले प्रस्तुत गरेको प्रस्तावको औपचारिक जवाफ आएपछि थप निर्णय गर्ने नेसपाले बताएको छ।

यस्तै पार्टीले असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने भएको छ।