टोपबहादुर–बालकृष्णसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

फाइल तस्वीर

काठमाडौं। जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ। मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

यी हुन् थुनामा पठाउने आदेश भएका प्रतिवादी

टोपबहादुर रायमाझी, बालकृषण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राई, टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी, आङटावा शेर्पा, शमशेर मिया, सन्दीप रायमाझी, सन्देश शर्मा, सागर राई, रामशरण केसी, नरेन्द्र केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन।

जो फरार छन्

केशव तुलाधर,अशोक पोखरेल,धिरेन राई,दीपा हुमागाञी,निरज राई,रजेश अर्याल,मोहनराज राई,आशिष बुढाथोकी,बिनिता सावदेन लिम्बु, निरञ्जन कुमार खरेल,सुनील बुढाथोकी र प्रतिक थापा।

जो धरौटीमा रिहा भए

टंक गुरुङ, लक्ष्मी महर्जनविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी र एकीकृत कसूरमा मुद्दा चलाइएको थियो । प्रतिवादीसँग २८ करोड ८१ लाख ७४ हजार ५०० रुपैयाँ मागदाबी लिएर मुद्दा दायर भएको थियो।