सैनिक आवासीय महाविद्यालयहरूमा कक्षा ११ मा नयाँ भर्ना आह्वान

काठमाडौं। शैक्षिक सत्र २०८०–८१ का लागि सैनिक आवासीय महाविद्यालयहरूमा कक्षा ११ मा नयाँ विद्यार्थी आह्वान भएको छ।

सैनिक तथा गैरसैनिकतर्फका योग्य र जेहेन्दार विद्यार्थीहरूले आवेदन दिनसक्ने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ।

आवेदन फाराम वितरण र दर्ता असार २२ देखि साउन ३ गतेसम्म हुने छ भने प्रवेश परीक्षा साउन ६ गते हुनेछ।