राष्ट्रियसभाको बैठक बस्दै,आज विनियोजन विधेयक पारित गरिने

फाइल तस्वीर

काठमाडौं। संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। बैठक आज बिहान १० बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो।

आजको बैठकमा विनियोजन विधेयक २०८० पारित गर्ने कार्यसूची रहेको छ। संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उक्त कुरा उल्लेख गरिएको हो।

आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने र आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका सार्वजनिक भएको छ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्य तालिका अनुसार अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।