मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ४–२ अन्तरले हरायो

काठमाडौं ।नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई हराएको छ।आईतबार भएको खेलमा नेपालले बंगलादेशलाई टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित हात पारेको हो।

ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो।

टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो। अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो।

बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाईन्।

नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग एक एक गोलको बराबरी खेलेको थियो। नेपालका लागि सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिईन्।एशियाडमा तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा छ।