पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं। घट्यो पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ।

त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँ घटाएको छ।हवाई इन्धनको मूल्यमा भने स्वचालित प्रणाली लागू नगरिएको निगमले जनाएको छ।