आज सार्वजनिक बिदा

काठमाडौं । कर्णाली प्रदेश सरकारले आज साउन १ गते सार्वजनिक बिदा दिएको छ।

साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर कर्णाली प्रदेशभर आज सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मंगलबार नै सार्वजनिक बिदाको सूचना जारी गरेको थियो। साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने मन्त्रालयका सूचना अधिकारी रोशन शाहीले जानकारी दिए।

प्रदेश सरकारको २०७८ चैत २९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको थियो।