रवि लामिछानेको ‘मोबाइल क्लिनिक’ गैरकानुनी रूपमा प्रयोग

फाइल तस्वीर

चितवन। सेवा नै धर्म हो भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवनमा सञ्चालनमा ल्याएको मोबाइल क्लिनिक गैरकानुनी रुपमा प्रयोगमा ल्याएको पाइएको छ।

रबिले २०६९ सालमा भारत सरकारले भरतपुर चितवनको मेडिकल कलेजलाई सहयोग स्वरूप दिएको एम्बुलेन्सको रङ परिवर्तन गरेर ‘मोबाइल क्लिनिक’ बनाएको कुरा खुलेको छ। कानुन मिचेर भन्सार तथा करमा नेपाल सरकारले दिएको छुटबाट लिएको एम्बुलेन्स थोत्रो भएकोले पत्रु बनाउनुपर्ने रहेछ।

२०६९ असार २६ गते नारायणी यातायात कार्यालयमा ना २ च ५६१६ नम्बरमा दर्ता भएको तर पाँच वर्षदेखि नवीकरणसमेत नभएको एम्बुलेन्स राष्ट्रिय एम्बुलेन्स निर्देशिका विपरीत राजनीतिक फण्डाको लागि गैरकानुनी रूपमा प्रयोगमा ल्याइएको पाइएको छ।

रविले सेतो रङको विवरणसहित दर्ता भएको एम्बुलेन्स गैरकानुनी रूपमा आफ्नो पार्टीको लोगो प्रचार सहित निलो रङ परिवर्तन गरी प्रयोगमा ल्याएको रहेछन्।

लामिछानेको आफ्नो राजनैतिक स्वार्थ र लाभको लागि अनैतिक, गैह्रकानुनी र नौटङ्कि गरेको चितवनवासी जनताले बताएका छन्। उनले १०० दिनको उपलब्धी सार्वजनिक गर्ने क्रममा समेत वास्तवितालाई ओझेलमा राखेर भ्रमको प्र्रचार गरेको चितवनवासीले बताए।