मुग्लिन–नारायणगढ सडक एकतर्फी खुला

फाइल तस्वीर

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी सवारीसाधन सञ्चालन गराइएको छ। आज बिहानैदेखि पहिरोका कारण सडक अवरुद्ध भएको हो।

इच्छाकामना गाउँपालिका–६, कालीखोलालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

सवारीसाधनको अत्यधिक चापका कारण बिहान करिब पौने १० बजेदेखि केही समय पहिरो पन्छाउन रोकेर अवरुद्ध सडक एकतर्फी खुलाइएको सो कार्यालयले जानकारी दिएको छ।

कार्यालयका अनुसार केही समयपछि पुनः बाँकी पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइनेछ।